यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुतुथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले युवाहरूलाई प्रेरित गर्नको लागि यस्ता प्लेटफर्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।
‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरूलाई सधैं प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरूलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरूलाई समर्थन दिँदै आइरहेका छौं र त्यस्ता राम्रा पक्षहरू निर्माण गर्न जारी राख्नेछौं जसले देशमा टिभिएस मोटर कम्पनी उत्पादनहरूको आकांक्षा जगाउँदछ।’
‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ ले ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ्घ च्यानलहरू र १६ स्ट्रिमरहरूको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै: फोरके गेमिङ, एसके ४९ लगायत समावेश छन्।
च्याम्पियनसीप आगामी ४५ दिनसम्म चल्नेछ।
Links: https://www.onlinekhabar.com/2021/04/946360