Admin | 2021-04-18
विश्वमा दुई पांग्रे र तिन पांग्रेको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ को लागि आफ्नो प्रायोजन गर्न लागेको छ।
यो कार्यक्रम टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कूटर टीभीएस एनट्रग१२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।
पव्जि नेपालको जिइएन जेड मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ। च्याम्पियनशिप रेजिस्ट्रेसन वैशाख ५, २०७८ (अप्रिल १८, २०२१) देखि शुरु हुनेछ र तीन भाग्यशाली विजेताहरुले टीभीएस एनट्रग १२५ सुपर स्वाड एडिसन स्कूटर जित्ने मौका पाउँनेछन्।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपकअग्रवालले भने, ‘जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ।’
‘पव्जी मोबाइल च्याम्पियनसिप २०२१’ ले ६०० भन्दा बढी टिम , २५ स्ट्रिमिङ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै ‘४के गेमिङ नेपाल, एसके ४९, मि. हाइजु’ समावेश छन्। च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने छ।
Links: https://www.nepalkhabar.com/auto-news/55543-2021-04-18-16-13-40