Admin | 2021-04-18
विश्वमा दुई पांग्रे र तिन पांग्रेको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले आज नेपालमा पब्जी मोबाइल च्याम्पियनशीप २०२१ को लागि आफ्नो प्रायोजन गर्न लागेको छ। यो कार्यव्रmम टिभीएस मोटर कम्पनीको ब्लुटुथ जडित स्कूट टिभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ ।
पब्जी नेपालको जेन जेडमध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ। च्याम्पियनशिप रेजिस्ट्रेसन वैशाख ५, २०७८ देखि शुरू भएको छ । यसमा तीन भाग्यशाली विजेताहरुल टिभीएस एनटर्क १२५ स्क्वाड एडिसन स्कूटर जित्ने मौका पाउँनेछन्।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, “जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ ।’
पब्जी मोबाइल च्याम्पियनशीप २०२१ले ६०० भन्दा बढी टिम , २५ स्ट्रि««मिङ्घ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ ।
जसमा लोकप्रिय एनटिटी जस्तै ‘४के गेमिङ नेपाल,’‘एसके ४९,’‘एमआर. होउजु’ समावेश छन्। च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने छ ।
Links: https://lokaantar.com/story/140925/2021/4/19/economy/tvs-